अनमोल केसीको नयाँ फिल्म ‘जेरी अन टप’: पोस्टरले बतायो कथा

Date:

काठमाडौं, साउन ८ — रोमान्टिक ड्रामा फिल्म ‘जेरी अन टप’ आगामी असोज ३१ गते (१७ अक्टोबर)देखि देशभर प्रदर्शनमा आउने भएको छ। बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो।

फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माबीचको त्रिकोणात्मक प्रेमसम्बन्धलाई मुख्य कथा बनाइएको छ। पोस्टरहरूमा तीन पात्रबीचको सम्बन्धलाई संकेत गरिएको छ, जहाँ एकतर्फ अनमोल र जसिता पदयात्रामा देखिन्छन् भने अर्को पोस्टरमा अनमोल र आँचलको साथ देखिन्छ।

सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंको रमणीय स्थलहरूमा छायांकन गरिएको यो फिल्म घुमफिरकै सिलसिलामा बढ्दै जाने प्रेमकथालाई चित्रण गर्छ। निर्देशन सुयोग गुरुङले गरेका हुन् भने कथा हेमराज बीसीको रहेको छ।

फिल्मको निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी संलग्न छन्। सरोज न्यौपानेको प्रस्तुति रहेको यस फिल्ममा भुवन केसी, उषा खड्गी र केदार घिमिरे (माग्ने बुढा) को पनि भूमिका रहनेछ।

प्रेम, यात्रा र द्वन्द्वको समिश्रण रहेको ‘जेरी अन टप’ ले अनमोल केसीको स्टारडमलाई पुनः उचाइ दिने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...