अन्तर्राष्ट्रिय चेसमा नेपाल र्‍यापिडतर्फ छैटौं स्थानमा, ब्लिट्ज खेल आइतबारदेखि

Date:

काठमाडौं, असोज ५ — रूसको काल्मिकियामा आयोजना भएको प्रथम बुद्धिस्ट चेस प्रतियोगितामा र्‍यापिड खेल सकिएको छ। प्रतियोगितामा आयोजक क्याल्मिकियाले २०.५ अंकसहित प्रथम स्थान हासिल गरेको छ भने नेपालले १२.५ अंक जोडेर छैटौं स्थानमा रह्यो।

प्रतियोगितामा नौ राष्ट्रका खेलाडीहरूले व्यक्तिगत प्रदर्शनको आधारमा टोलीको प्रतिनिधित्व गरेका थिए। रसियाकै बुयाटिया टिमले १८ अंकसहित दोस्रो, फिलिपिन्सले १५.५ अंकसहित तेस्रो र थाइल्याण्डले १५ अंकसहित चौथो स्थान हात पारेको छ।

नेपालका पुरुष खेलाडी पुरुषोत्तम सिलवालले टिमका लागि पाँच अंक योगदान दिए। महिला खेलाडी सिन्दिरा जोशीले तीन अंक र एमेच्योर खेलाडी शैलेन्द्र न्यौपानेले ४.५ अंक योगदान पुर्‍याए।

प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन हंगेरीका जिएम स्जुगिरोभ सनानले आठ अंक, रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारनले ७.५ अंक र जिएम सोगडीझिएफ रोमनले ६.५ अंक जोडे। फिलिपिन्स, रसिया लगायतका देशका शीर्ष खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै नेपालका खेलाडीले राम्रो प्रदर्शन गरेका छन्।

नेपाल चेस महासंघका अनुसार, प्रतियोगिताको अर्को ब्लिट्ज खेल (५ मिनेट ३ सेकेन्ड इन्क्रिजमेन्ट) आइतबारबाट सुरु हुनेछ। महासंघका अध्यक्ष हेराकाजी महर्जनले युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनप्रति सन्तोष व्यक्त गर्दै, पुरुषोत्तम सिलवालले शीर्ष आइएम र जिएम खेलाडीलाई पराजित गर्नु उल्लेखनीय रहेको बताए।

महासंघले विगतमा नेपाली खेलाडीहरूलाई रूसको युनिभर्सिटीमा बुद्धिचाल अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको स्मरण गर्दै, आगामी वर्षहरूमा पनि यस्तै कार्यक्रम जारी राख्ने योजना रहेको जानकारी दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...