अफगानिस्तानमा आएको ठूलो भूकम्पले जनधनको ठूलो क्षति : ६२२ जनाको मृत्यु

Date:

काठमाडौं, भदौ १६ — अफगानिस्तानमा गएको भूकम्पले ठूलो मानवीय संकट सिर्जना गरेको छ।

स्थानीय समयअनुसार मध्यरातमा आएको ६ म्याग्निच्युडको भूकम्पका कारण हालसम्म ६२२ जनाको मृत्यु पुष्टि भएको छ भने करिब १५०० बढी व्यक्ति घाइते भएका छन्। यस भूकम्पले पूर्वी प्रान्त कुनार र नाग्गाहारका ग्रामिण क्षेत्रका घरहरू ध्वस्त पारेको छ। कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको छ भने नाग्गाहारमा १२ जनाको ज्यान गएको छ।

भूकम्पको केन्द्र जलालावाद शहरबाट करिब २७ किलोमिटर टाढा, १० किलोमिटर गहिराइमा रहेको थियो। यसको झट्का पाकिस्तानको राजधानी इस्लामावादसम्म पनि महसुस गरिएको थियो। माटो र ढुंगाबाट बनेका अधिकांश ग्रामीण घर भत्किएपछि स्थानीयवासी जोखिममा परेका छन्। घटनास्थलबाट उद्धार कार्य जारी छ र हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गरिंदैछ।

तालिबान सरकारको आन्तरिक मन्त्रालयका अनुसार उद्धार टोलीहरू पूर्णतया परिचालित छन् र सुरक्षा, स्वास्थ्य सेवा तथा खाद्य सामग्री वितरणमा काम भइरहेको छ। खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना छ।

अफगानिस्तान अहिले पनि मानवीय संकटसँग जुधिरहेको छ, विशेषगरी बाह्य सहायता कटौतीको प्रभावले उद्धार र राहत कार्य थप चुनौतीपूर्ण बनेको छ। यसअघि सन् २०२२ मा ६.१ म्याग्निच्युडको भूकम्पमा झण्डै एक हजार मानिसको मृत्यु भएको थियो, जसले गर्दा पछिल्लो भूकम्प देशका लागि फेरि ठूलो संकटको संकेत हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...