काठमाडौँ — फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिको महत्व बुझाउने र यसको संरक्षणका लागि गरिने संघर्षलाई मुख्य विषयवस्तु बनाइएको छ।
निर्देशक मित्र प्रधानका अनुसार, फिल्मले नेपाली भाषा, साहित्य, कला र इतिहासलाई उजागर गर्ने प्रयास गरेको छ। चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायत कलाकारहरूको अभिनय रहेको छ।
‘यो मन त मेरो नेपाली हो’ आगामी असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको ट्रेलरले दर्शकमा भाषा, संस्कृति र पहिचानप्रतिको चेतना जगाउने सन्देश दिन खोजेको देखिन्छ।



