आन्दोलनमा लुटिएका हतियार सेनाले संकलन गर्‍यो

Date:

२५ भदौ, काठमाडौं । राजधानीमा भड्किएको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता दिन सुरु गरिएको छ । मंगलबारको झडपमा प्रहरीले गुमाएका झण्डै दुई दर्जन बन्दुक र अन्य सामग्री नेपाली सेनाले संकलन गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म २३ वटा हतियारसहित करिब ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरण सेनाको जिम्मामा आइसकेका छन् । भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका सैनिक टोलीलाई पनि युवाहरूले आफूसँग रहेका हतियार बुझाएको पुष्टि गरिएको छ ।

जेनजी आन्दोलन उग्रिँदै गएपछि मंगलबार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेका थिए । त्यतिबेला सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी पनि गरिएको थियो ।

स्थिति नियन्त्रणमा लिन राति १० बजेदेखि नेपाली सेनाले राजधानीसहित संवेदनशील क्षेत्रमा सुरक्षा कमाण्ड सम्हालेको छ । सेनाले निरन्तर गस्ती गर्दै लुटपाट र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...