आसाम ७७ रनमै समेटियो, नेपाल ‘ए’ को प्रभावशाली प्रदर्शन

Date:

१३ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा जारी टी–२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसामलाई ९६ रनले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको छ ।

पहिले ब्याटिङको मौका पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। सन्दीप जोराले सर्वाधिक ३५ रनको योगदान दिए भने देव खनाल र पवन सर्राफले समान ३१–३१ रन जोडे। त्यसैगरी बसिर अहमदले २७ रन र विवेक यादवले अविजित २६ रन बनाए।

लक्ष्य पछ्याएको आसामको ब्याटिङ भने नेपाल ‘ए’ का स्पिनरहरूले धराशायी बनाए । युवराज खत्रीले ३.२ ओभरमा मात्र १५ रन खर्चिँदै ४ विकेट झारे भने बसिर अहमदले पनि ३ विकेट लिँदै विपक्षीलाई दबाबमा राखे । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १–१ विकेट हात पारे ।

आसामका लागि रुहिनन्दन पेगुले १७ रन बनाएर टोलीको सर्वोच्च स्कोरर भए तर सम्पूर्ण टिम १५.२ ओभरमै ७७ रनमा समेटियो ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धतिअनुसार १५ रनले पराजित भएको थियो । पाँच खेलको यो श्रृंखलामा अब बाँकी तीन खेल एसीए रंगशालामा फ्लडलाइटमुनि खेलाइनेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...