काठमाडौँ, असार ४ — इजरायल र इरानबीचको बढ्दो द्वन्द्वको कारण नेपाल सरकारले इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक तयारी सुरु गरेको छ। यसै सन्दर्भमा, इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको नामावली संकलनको प्रक्रिया सुरु गरिएको छ। नेपाली दूतावासले अनलाइन फारममार्फत इच्छुकहरूलाई आफ्नो विवरण पठाउन अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा झन्डै ५५० जना नेपाली रहेका छन् भने इरानमा करिब १२ जना नेपाली छन्। हालसम्म यी देशहरूमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी आएको छ। साथै, इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेका नेपालीहरूलाई आवश्यक परे उद्धार गरिने आश्वासन दिएका छन्।



