इजरायली प्रधानमन्त्रीको पाँचबुँदे योजना : गाजाको भविष्य कस्तो?

Date:

काठमाडौँ, साउन २३ – इजरायलले गाजा सहरमाथि पूर्ण रूपमा कब्जा गर्ने घोषणा गरेको छ। लामो समयदेखि हमाससँगको द्वन्द्वमा रहेका इजरायलले यसपटक गाजालाई मानवरहित बनाउने धम्कीभन्दा बाहिर जान खोज्दै सिधै कब्जाको नीति अगाडि सारेको हो।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले यस योजनालाई अनुमोदन दिएकै दिन प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले युद्धको अन्त्यतर्फ लैजान सक्ने आशयका साथ पाँचबुँदे योजना सार्वजनिक गर्‍यो।

उक्त योजनाका अनुसार, पहिलो चरणमा हमासलाई निशस्त्रीकरण गरिनेछ। दोस्रोमा, गाजामा रहेका सबै बन्धकहरू चाहे जीवित हुन् वा मृत फिर्ता गरिनेछन्। तेस्रो, सम्पूर्ण गाजा पट्टी असैनिकीकरण गरिनेछ। चौथो, गाजा सहरमाथि इजरायली सुरक्षाबलको प्रत्यक्ष नियन्त्रण हुनेछ। र अन्तिम बुँदामा, हमास वा प्यालेस्टिनी प्राधिकरणको भूमिका नरहने, एक वैकल्पिक नागरिक सरकार स्थापना गरिने उल्लेख गरिएको छ।

प्रधानमन्त्री नेतान्याहुले फक्स न्यूजसँगको अन्तर्वार्तामा भनेका छन्, “हामी गाजामाथि पूर्ण नियन्त्रण चाहन्छौं, ताकि हामी हाम्रो सुरक्षा सुनिश्चित गर्न सकौं। हामी गाजालाई हमासको आतंकबाट मुक्त पार्न चाहन्छौं।” तर उनले प्रशासनिक संरचना इजरायलले सञ्चालन नगर्ने स्पष्ट पार्दै गाजामा एउटा नागरिक नेतृत्वको वैकल्पिक सरकारलाई सुम्पन चाहेको धारणा पनि व्यक्त गरेका छन्।

तर इजरायलमै यस योजनाप्रति व्यापक असहमति देखिएको छ। एक ताजा सर्वेक्षणअनुसार, धेरै इजरायली नागरिकहरूले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्ने विचार राखेका छन्। अर्कोतर्फ, इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजामाथिको कब्जा “एउटा पासोमा फस्ने” निर्णय भएको बताएका छन्। उनले यसले २० भन्दा बढी बन्धक र थकित इजरायली सैनिकहरूको जीवन थप जोखिममा पार्ने चेतावनी दिएका छन्।

गाजाको भौगोलिक अवस्था हेर्ने हो भने, करिब ३६५ वर्ग किलोमिटरमा फैलिएको यो क्षेत्र नेपालको ललितपुर जिल्लाजतिको आकारमा छ। यहाँ झन्डै २१ लाख मानिसको बसोबास छ। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेपछि इजरायलले व्यापक सैन्य कारबाही सुरु गरेको हो। त्यसयता हालसम्म ६१ हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन्, जसमा महिलाहरू र बालबालिकाहरूको संख्या बढी छ। इजरायली पक्षमा पनि हमासका आक्रमणबाट झन्डै १२०० जनाको मृत्यु भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...