काठमाडौँ, साउन २९ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनमा आठ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन्। कुल १६४ खेलाडी अक्सनका लागि छनोट भएका थिए, जसबाट पहिलो चरणमा २६ खेलाडी अनुबन्ध भएका थिए भने बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन्।
‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद गरिएको थियो। देव खनाल र अर्जुन साउद चितवन राइनोजबाट, आदिल आलम काठमाडौँ गोर्खाजबाट र पवन सर्राफ कर्णाली याक्सबाट खेल्ने तय भएका छन्। चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खोजेपछि ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो।
त्यस्तै, अन्य खेलाडीहरूलाई मूल्य अनुसार विभिन्न टोलीले अनुबन्ध गरेका छन्। दिलीप नाथ र शेर मल्ल लुम्बिनी लायन्समा, हेमन्त धामी सुदूरपश्चिम रोयल्समा, सूर्य तामाङ विराटनगर किङ्समा, सन्तोष यादव काठमाडौँ गोर्खाजमा, युवराज खत्री कर्णाली याक्समा अनुबन्ध भएका छन्। मयन यादव जनकपुर वोल्ट्समा, आकाश त्रिपाठी काठमाडौँ गोर्खाजमा अनुबन्ध भएका छन्।
मिनी अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख, ‘बी’ श्रेणी ५ लाख–१० लाख र ‘सी’ श्रेणी २ लाख–५ लाख राखिएको थियो। यससँगै आठ टोलीमा ८८ खेलाडी आबद्ध भएका छन्। प्रत्येक टोलीले अब कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछ।
टोली अनुसार खेलाडी सूची
जनकपुर बोल्ट्स
आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री
सुदूरपश्चिम रोयल्स
दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा, मिलन बोहरा
कर्णाली याक्स
सोम्पाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे, युवराज खत्री
चितवन राइनोज
कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य, रञ्जित कुमार
काठमाडौँ गोर्खाज
करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल आलम
विराटनगर किङ्स
सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किश्कु, शङ्कर राना
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री
लुम्बिनी लायन्स
रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता, आदिल खान
सबैभन्दा बढी खर्च चितवन राइनोजले गरेका छन् (३९ लाख), सबैभन्दा कम पोखरा एभेन्जर्सले (११ लाख) खर्च गरेको थियो।



