काठमाडौं, भदौ २१ — एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले लगातार दोस्रो जित हात पारेको छ।
शनिबार पोखराको बहुउद्देश्यीय रंगशालामा ललितपुरले काठमाडौं स्पाईकर्सलाई २५-१९, २५-२३, २५-२१ को सोझो सेटमा पराजित गरेको हो। यसअघि ललितपुरले पहिलो खेलमा मधेश युनाइटेडलाई पनि तीन सेटमा हाराएको थियो।
ललितपुरले लगातार दुई खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
आजको अन्य खेलमा कर्णाली यशविन्स र लुम्बिनी लाभाज भिड्नेछन् भने तेस्रो खेलमा आयोजक पोखरा निन्जाज र मधेश युनाइटेड आमनेसामने हुनेछन्।



