एमाले–कांग्रेसमा नेतृत्वको अभाव, माओवादी मात्र स्पष्ट: दाहाल

Date:

काठमाडौं, साउन १० — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता प्रमुख दलहरू गम्भीर वैचारिक, राजनीतिक र सांगठनिक संकटमा रहेको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशका ठूला भनिने दलहरू नेतृत्वविहीन दिशामा गइरहेका छन् भने मौलिक विचार र स्पष्ट रणनीतिको अभावले संकट गहिरिँदै गएको बताए।

उनले नेपाली कांग्रेसभित्र विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाजस्तो प्रभावशाली र दूरदर्शी नेतृत्वको अभाव देखिएको उल्लेख गरे। एमालेको सन्दर्भमा भने उनले पार्टीको मूल विचार जनताको बहुदलीय जनवादको साँचो उत्तराधिकारी को हो भन्ने विषयमै विवाद सुरु भएको बताए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दुवैबीचको भनाभनले पार्टीभित्रको भ्रम र संघर्ष झन् स्पष्ट भएको उनको टिप्पणी थियो।

अध्यक्ष दाहालले आफू नेतृत्व गरेको माओवादी केन्द्रलाई मात्र यस्तो पार्टीको रूपमा चित्रण गरे जसले हालको परिप्रेक्ष्यमा स्पष्ट विचार, नीति र सांगठनिक एकता कायम राखेको छ। उनका अनुसार, अन्य दलहरू दिशाहीन बन्दै जाँदा माओवादी केन्द्रले मुलुकका समस्या र समाधान दुवैमा अग्रसरता देखाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...