ओलीले संसदलाई सुनाए आगामी चीन भ्रमणका एजेन्डा

Date:

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधिसभा बैठकमा जानकारी दिएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भदौ १४ गतेदेखि सुरु हुने पाँच दिने भ्रमणबारे विस्तृत जानकारी प्रस्तुत गरेका हुन्।

मन्त्रिपरिषद्को आजै बसेको बैठकले यस भ्रमणलाई स्वीकृति दिएको छ। प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली १४ भदौदेखि १८ भदौसम्म चीनमा रहनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुने यस भ्रमणमा ओलीले उत्तरी चीनको तियान्जिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन्। सो सम्मेलन १५ र १६ भदौमा हुनेछ, जसको उद्घाटन राष्ट्रपति सीले गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका उच्च पदाधिकारीहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मालगायत वरिष्ठ अधिकारीहरूको समावेश छ।

भ्रमणको क्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग छुट्टै भेटवार्ता गर्नेछन्। साथै, १७ भदौमा तियान्जिनमा हुने एससीओ प्लस सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न मुलुकका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका पनि तय भएको छ। यस अवसरमा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेट गर्ने कार्यक्रम छ।

त्यस्तै, ओलीले जापानी आक्रमणविरुद्ध चीनले गरेको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासिवादविरोधी संघर्षमा विजय प्राप्तिको ८०औं वार्षिकोत्सव कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...