कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संसद्को अवरोध खुलाउने विषयमा छलफल

Date:

 नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउने विषयमा अनौपचारिक छलफल गरिरहेका छन्। यी तीन पार्टीबीच दिउँसो २ बजे औपचारिक बैठक बस्ने तय भएको छ। विपक्षी दलहरूको बैठकपछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुने कार्यक्रम छ।

भिजिट भिसा प्रकरणमा उठेका विवादका कारण जेठ १३ यता संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। विपक्षी दलहरूको निरन्तर अवरोधका बीच संसद् पुनः सञ्चालन गर्न कांग्रेस, एमाले र माओवादी नेतृत्वबीच अनौपचारिक र औपचारिक तहमा संवाद भइरहेका छन्। आज दिउँसो २ बजे तीन दलबीच औपचारिक बैठक तय भएको छ।

तीन दलबीचको सहकार्यले संसद् खुलाउने सम्भावना बलियो देखिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय छानबिन समिति गठनको मागमा अडिग रहेको छ। रास्वपाले आम सहमतिबाट होइन, छानबिन समितिको औपचारिक गठनबाट मात्रै सत्य उजागर गर्न सकिने अडान लिएको छ।

सरकारले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत प्रारम्भिक अनुसन्धान अगाडि बढाइसकेको छ। अनुसन्धानपछि आवश्यकता अनुसार छुट्टै संयन्त्र बनाउने प्रस्ताव रहेको सत्तारूढ दलहरूको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...