काठमाडौँ, साउन २९ – सुन्धारास्थित धरहरा टपरी म:मलाई काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागले गरेको नियमित अनुगमनका क्रममा बिक्री–वितरणका लागि तयार गरेको म:ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नभएको कारण २ लाख रुपैयाँ जरिवाना तोकिएको छ।
महानगरपालिकाका निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार, धरहरा टपरी म:मले पटक–पटक खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाएपछि यस्तो कारबाही गरिएको हो। व्यवसायीलाई ७ दिनभित्र बैंकमार्फत जरिवाना बुझाउनु पर्ने र खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पूरा गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन निर्देशन पनि दिइएको छ।



