काठमाडौंका सामुदायिक विद्यालयमा सुधारको संकेत, उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि

Date:

काठमाडौं — काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। २०८१ सालको परीक्षामा ७८९ जना विद्यार्थीले ३.६१ देखि ४.० जीपीए प्राप्त गरेका छन्, जुन गत वर्षको तुलनामा ४४.७७ प्रतिशतले बढी हो। गत वर्ष ५४५ जना विद्यार्थीले सोही स्तरको जीपीए ल्याएका थिए।

यस वर्ष १७ जना विद्यार्थीले पूर्ण ४.० जीपीए हासिल गरेका छन्। ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीहरूको संख्या पनि ११४८ पुगेको छ भने २.८१ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ८९० जना छन्। अन्य ग्रेड स्तरमा पनि विद्यार्थीहरूको संख्या परिवर्तन भएको छ, जहाँ उच्च ग्रेड ल्याउने विद्यार्थीहरूको संख्या बढ्दा कम ग्रेड ल्याउनेहरूको संख्या घटेको देखिन्छ।

पछिल्ला चार वर्षको तथ्यांक हेर्दा पनि काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट नतिजा दिने विद्यार्थीहरूको संख्या निरन्तर वृद्धि हुँदै गएको छ। यो प्रगति स्थानीय शिक्षा विभागका लागि उत्साहजनक मानिएको छ र यसले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा सकारात्मक संकेत दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...