काठमाडौं उपत्यकामा अब खानेपानीको अभाव नहुने मन्त्री यादवको दाबी

Date:

७ असार, काठमाडौं — खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा अब २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी आपूर्ति सुनिश्चित गरिने दाबी गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–४ मा सम्पन्न खानेपानी आयोजना उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले मेलम्ची खानेपानी आयोजना नियमित वितरणको चरणमा प्रवेश गरिसकेको बताए।

उनका अनुसार अब वर्षा वा हिउँद जे सुकै मौसम भए पनि मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिनेछ। उनले बताए अनुसार रिबर्मा खोलामा निर्माण गरिएको ट्याङ्की परीक्षण सफल भएको छ र आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकसम्म स्वच्छ पानी पुर्‍याउने लक्ष्यसहित सरकारले स्पष्ट रणनीति बनाइसकेको छ।

मन्त्री यादवले मेलम्ची आयोजनालाई उपत्यकामा खानेपानीको एकमात्र स्थायी समाधानको रूपमा प्रस्तुत गरे। साथै, उनले उपत्यकाको पानीको माग थप धान्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रबाट थप स्रोत ल्याउने प्रयास भइरहेको जानकारी दिए। यसैबीच काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई आयोजनाको जिम्मा दिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...