काभ्रेमा नापी विभागले महत्वपुर्ण काम गरिरहेको छ

Date:

 अशाके भुसाल
प्रमुख
नापी विभाग, धुिलखेल, काभ

काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा अवस्थित नापी कार्यालयका कार्यालय प्रमुख हुन्– अशोक भुसाल । भुसाल प्रमखु भएर आएपछि काभ्रे जिल्लामा बाढीपहिरोले बगर बनाएको जग्गाको नक्साअनुसार जग्गा छुट्याउने काम भइरहेको छ । अर्को काम कोशीपारीमा रहेको भुम्लु गाउँपालिकामा दुई वटा वडामा नक्सा र पर्जुा नमिलेको हनुाले त्यो मिलाउने काम भइरहेको छ । यसै विषयमा केन्द्रित रही सिटी न्यूजले नापी प्रमुख अशोक भुसालसँग गरेको कुराकानी ः

तपाइँ यहाँ कायार्लय पम्रखु भएर आएपछि नयाँकाम के के गर्नु भएको छ नि ?

यहाँ अरु काम त नियमित रुपमा हुने काम छन् । उल्लेख्य काम भनेको काभ्रेपलान्चोक जिल्लाको कोशीपारीमा रहेको भुम्लु गाउँपालिकाका दुई वटा वडा, वडा नं. ७ र ८ मा त्यहाँ २०३२÷०३३ सालमा नापजाँच हुँदा त्यहाँका तत्कालीन जनप्रतिनिधिहरू बीच राजनीतिक सीमा विवाद हुँदा त्यहाँ पुर्जा वितरण हुन सकेको थिएन । जसले गर्दा पब्लिकसँग पुर्जा थिएन । पर्जुानभएकाले त्यहाँका जग्गाको कारोबार गर्न पब्लिकलाई असहज भएको, क्षतिपूर्तिको लेना माग गर्दा पनि नक्सा पास हुन नसकेको, धितो राखेर बैकिङ कारोबार गरौं भन्दा पनि नक्सा, पुर्जा नभएकाले त्यो सम्भव नभएको, सरकारी जग्गा संरक्षण गर्नुपर्‍यो भन्दा पनि नक्सा नभएकाले सार्वजनिक जग्गाको संरक्षण गर्न नसकिएको, छिमेकीवीच झैझगडा हुँदा जग्गाको नक्सा, पुर्जा नभएका कारण विवाद मिलाउन नसकिएको यस्तो खालको समस्या थियो । यो समस्या समाधानको लागि नापजाँच गरेर नक्साको आधार तयार भई पुर्जा वितरण हुनुपर्ने थियो । त्यो पुर्जा वितरण हुन सकिरहेको थिएन । त्यसपछि म यहाँ आइसकेपछि २०८१ साल पुस १ गतेदेखि त्यो ठाउँमा दुइटा नापी टोली पठाइयो । दुइटा टोली पठाइसकेपछि त्यहाँ तत्कालीन अवस्था जे जस्तो भएको भए पनि तिनीहरू अबडेट भएका थिएनन् । ती अपडेट भए । ती कित्ताहरू अपडेट भए । अब दर्ता गर्ने र त्यहाँका जनतालाई पुर्जा दिने काममा लागेका छौं । एउटा महत्वपूर्ण काम यही हो । दोस्रो महत्वपूर्ण काम भनेको गत असोज ११र १२ गते आएको भिषण पानीका कारण पनौती नगरपालिकाको वडा नं. ८ र १२ मा रोशी खोलाले बितण्डा मच्चाएको थियो । व्यक्तिले आफ्ना जग्गा छटु्याउने र खेतीपाती गर्न सक्ने अवस्था थिएन । हामीले त्यहाँको स्थानीय निकायको समन्वयमा हामा्र कर्मचारीहरू पठाएर व्यक्तिका झन्डै झन्डै ३ सय वटा कित्ताहरूलाई पुनस्र्थापित गर्‍यौं र अहिले त्यहाँ व्यक्तिहरूले आफ्नो जग्गामा खेतीपाती लगाइरहेको अवस्था छ । यी दुईवटा चाहिँ महत्वपूर्ण काम हुन् भने अन्य नियमित कामहरू पनि भइरहेका छन् ।

पुनस्थापित कसरी गर्नुभयो नि ?

बाढीले व्यक्तिको जमिनलाई बगरमा परिणत गर्‍यो। बगर भएपछि कसैको पनि जग्गाको कित्ता छुट्टिएन । त्यो अवस्थामा हामीसँग सुरक्षित रहेको नापी नक्साको आधारमा व्यक्तिका कित्ताहरू पहिचान गर्‍यौं । हामीसँग भएको नक्सा र उहाँहरूसँग भएको पुर्जा अनुसार यो ठाउँ तपाईंको हो भनेर देखाइदियौं । यसरी देखाइसकेपछि व्यक्तिहरूले आफ्ना कित्ताहरू नक्सा अनुसार छटु्याउनुभयो । छुट्याइसकेपछि त्यो बगारमा रहेको बालुवालाई फालेर त्यस्तो ठाउँमा पुनः खेतीपाती गर्ने, घर बनाउनको लागि नक्सा पास गर्नेलगायतका कामहरू भएका छन् । यो चाहिँ मासमा गर्‍यौं र स्थानीय निकायहरू जहाँ जहाँका जनता प्रभावित हुनुभएको थियो, त्यहाँ पनि त्यहाँको मागअनुसार कित्ताहरू लोप भएका, पहिचान हुन नसकेका, खेतीपाती गर्न नसकेका कित्ताहरूलाई नक्सा अनसुार पुनर्स्थापना गरेर व्यक्तिहरूलाई तपाईंको कित्ता यो हो अब आवाद कमाइ गर्नुस् भनेर हामीले दिएको अवस्था छ । मूल रुपमा हाम्रो महत्वपूर्ण कामचाहिँ यही नै हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...