कुन अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पशु क्वारेन्टिन चेकपोस्ट विस्तार हुँदै ?

Date:

८ साउन, काठमाडौं । अब पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पशु स्वास्थ्यको निगरानी तथा नियमनका लागि स्थायी पशु क्वारेन्टिन चेकपोस्ट स्थापना गरिने भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुजन्य वस्तुहरूको आयात–निर्यात तथा संक्रमण नियन्त्रणलाई व्यवस्थित बनाउन सो निर्णय लिएको हो। मन्त्रालयले यस विषयमा सूचना राजपत्रमा प्रकाशन गरेर सार्वजनिक जानकारी गराएको छ।

यसअन्तर्गत, पोखरा र भैरहवा विमानस्थलसँगै मुस्ताङको कोरला र बाराको मटिअर क्षेत्रमा समेत स्थायी प्रकृतिका पशु क्वारेन्टिन चेकपोस्टहरू सञ्चालनमा ल्याइनेछन्। यी क्वारेन्टिन चेकपोस्टले पशुजन्य रोग नियन्त्रण, स्वच्छता र निरोगी पशुपन्छीको आवागमन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस कदमबाट देशका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलहरूमा वन्यजन्तु तथा पशुहरूको अनुगमन र नियन्त्रण थप कडा बनाउने तथा पशु स्वास्थ्य सुरक्षा सुदृढ पार्ने लक्ष्य राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...