काठमाडौँ, साउन २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दिउँसो केन्द्रीय समिति बैठक बस्दैछ र सो बैठकका लागि १३ वटा मुख्य एजेण्डा तय गरिएको छ।
प्रवक्ता मनिष झाकाका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा शुरु हुने बैठकमा यी एजेण्डामा केन्द्रित छलफल हुनेछ। केन्द्रीय सदस्यहरुलाई प्रत्येकलाई अधिकतम दुई मिनेट बोल्न समय छुट्याइएको छ।
मुख्य १३ वटा एजेण्डा यस प्रकार छन्:
- समसामयिक राजनीतिक र पार्टी गतिविधि सम्बन्धी: केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन स्थिति, संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन आदि
- प्रदेश इन्चार्जहरूको प्रदेश रणनीति र रिपोर्ट (३ मिनेटसम्म)
- केन्द्रीय सदस्यहरूको रिपोर्टिङ (२ मिनेटसम्म)
- पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन
- विधान व्याख्या अनुमोदन
- केन्द्रीय विभागको प्रमुख मनोनयन
- पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रस्ताव
- निर्वाचन आयोगमा पार्टीको मनोनयन सम्बन्धी विषय
- रणनीतिक समूह गठन
- संगठन सबलीकरणकालागि केन्द्रीय समिति र विभागलाई थप जिम्मेवारी दिने विषय
- विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने
- सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानको प्रगति र अभियानलाई थप प्रभावकारी बनाउने
- विविध विषयहरू: अधिवेशन प्रतिनिधि नियुक्ति, मधेश प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी कार्यालयको अनुमानित बजेट, सांसदहरूको लेबीसहित अन्य समसामयिक विषयहरू
यस बैठकले पार्टीको विभिन्न रणनीति, संगठन सशक्तिकरण, राजनीतिक गतिविधि र पार्टी भित्रका प्रशासनिक विषयहरूमा विस्तृत छलफल गर्नेछ।
स्रोतहरूबाट प्राप्त जानकारी अनुसार यो बैठक पार्टीका वर्तमान राजनीतिक गतिविधि र आगामी कार्ययोजनाहरूलाई समायोजन गर्ने महत्त्वपूर्ण चरण हो।



