कैलालीमा युवतीमाथि चक्कु आक्रमण, अस्पतालमै मृत्यु

Date:

काठमाडौं, साउन १७ — कैलाली जिल्लास्थित बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्दै आएकी १७ वर्षीया किशोरी याचना सेजुवालको चक्कु प्रहारबाट हत्या गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार सोही सेन्टरका कर्मचारी ३३ वर्षीय निरज साउदले शनिबार बिहान करिब १० बजे सेजुवालमाथि चक्कु प्रहार गरेका थिए।

घटनापछि गम्भीर घाइते भएकी सेजुवाललाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन्।

सेजुवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनामा संलग्न भनिएका निरज साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको कारण खुलेको छैन। हाल थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...