गाजामा मानवीय सहायता क्रममा रक्तपात, ठूलो भिडले २० जनाको ज्यान गयो

Date:

काठमाडौं, असार ३२ — दक्षिण गाजाको खान युनुस क्षेत्रमा रहेको जीएचएफ (गाजा ह्युम्यानिटेरियन फाउन्डेसन) सहायता वितरण केन्द्रमा मंगलबार ठूलो भागदौड हुँदा २० जनाको मृत्यु भएको छ।

जीएचएफका अनुसार १९ जना भीडमा किचिएर ज्यान गुमाए भने एक जनाको छुरा प्रहारबाट मृत्यु भएको हो। भीड नियन्त्रण गर्न नसकिएपछि अमेरिकी निजी सुरक्षाकर्मीहरूले केन्द्र बन्द गरेपछि अवस्था झन् भयावह बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यसअघि खान युनुसको नासेर अस्पतालले १० वटा शव ल्याइएको जानकारी दिएको थियो।

मानवीय सहायता वितरण सुरु भएपछि गाजामा यस्ता घटनाहरू दोहोरिँदै आएका छन्। संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका अनुसार पछिल्ला ६ हप्तामा गाजामा रहेका चार वटा सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...