गृह मन्त्रालयले छाउगोठ बनाउने र प्रयोग गर्ने विषयमा नयाँ नियम ल्याउने तयारी

Date:

काठमाडौं, साउन १ — गृहमन्त्री रमेश लेखकले छाउपडी प्रथा अन्त्यका लागि कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। उनले महिनावारी हुँदा महिलालाई छाउगोठमा बस्न बाध्य पार्ने वा त्यस्तो गोठ निर्माण गर्नेहरूलाई स्थानीय तहबाट दिइने सरकारी सुविधामा पुनर्विचार गर्ने बताएका हुन्।

काठमाडौंमा आयोजित अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरूसँगको भेटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्न आग्रह गर्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, “महिनावारीका बेला महिलामाथि भइरहेको विभेद अन्धविश्वासकै परिणाम हो। यसको अन्त्यका लागि सबैको सहयोग आवश्यक छ।”

महिला माथि हुने बलात्कार, हिंसा, विभेदका घटनामा सरकारले कडा दृष्टिकोण राखेको उनले बताए। उनले महिलाको गरिमा र सुरक्षाका सवालमा आफू गम्भीर रहेको र अपराधीलाई कारबाही गरिने स्पष्ट पारे।

कार्यक्रममा अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष ममता गिरीको नेतृत्वमा पुगेको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छाउपडी प्रथा र महिला हिंसाका घटनामा तत्काल कडा कदम चाल्न माग गरेको थियो।

विशेषगरी कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा अहिले पनि छाउपडी प्रथा प्रचलनमा छ। हालै कञ्चनपुरको कृष्णपुरमा ३२ वर्षीया कमला आउजी दमाईको छाउगोठमै सर्पको टोकाइबाट ज्यान गएको घटना सार्वजनिक भएपछि यो विषय फेरि चर्चामा आएको छ।

यसअघि २०६३ साल यता सुर्खेत, डोटी, बाजुरालगायतका स्थानमा यस प्रथाका कारण धेरै महिलाहरू मरेका छन्। गृहमन्त्री लेखकको निर्णयले यस कुप्रथाविरुद्ध कडा कदम चालिने र महिलाको स्वास्थ्य, सुरक्षा तथा सम्मानमा सुधार आउने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...