काठमाडौं, २३ भदौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएका सबै नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। मन्त्री प्रदीप पौडेलको नेतृत्वमा मातहतका संघीय अस्पतालहरूलाई आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचार गर्न निर्देशन दिइएको हो।
मन्त्रालयले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउन र अस्पतालहरूबीच बिरामीको सहज रिफर व्यवस्था गर्न समेत निर्देशन दिएको छ। साथै, सबै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एकजुट भएर घाइतेहरूको उपचारमा जुट्न आह्वान गरिएको छ।
यस निर्णयले आन्दोलनमा घाइते भएकाहरूलाई तत्काल सहायता र उपचार उपलब्ध गराउने सुनिश्चितता दिएको छ।



