काठमाडौं, असोज ८ — दशैं, तिहार र छठको अवसर पारेर भाटभटेनी सुपरमार्केटले ग्राहकका लागि आकर्षक योजना ल्याएको छ। अब भाटभटेनीमा किनमेल गर्दा भाग्यशाली ग्राहकले टाटाको पन्च ईभी कार जित्ने अवसर पाउनेछन्।
यो अफर टाटाका आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ र भाटभटेनी सुपरमार्केटको सहकार्यमा ल्याइएको हो। ‘भाटभटेनीबाट किनमेल गरौं, टाटा पन्च ईभी जितौं’ भन्ने नारासहित सुरु गरिएको यो योजना आगामी पुस १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
यसमा सहभागी हुन ग्राहकले कम्तीमा २ हजार ५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान भाटभटेनीका कुनै पनि शाखाबाट खरिद गर्नुपर्नेछ। खरिदपश्चात प्राप्त बिलमार्फत नाम दर्ता हुने र अन्ततः लक्की ड्र मार्फत एक विजेता छनोट गरी पन्च ईभी कार उपहारस्वरूप प्रदान गरिनेछ।
त्यसैगरी नेपाल पे प्रयोग गरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकका लागि थप अवसर पनि राखिएको छ। नेपाल पे बाटै भुक्तानी गर्ने एक जना भाग्यशाली ग्राहकले पन्च ईभी जित्नेछन् भने अन्य १६ जनाले टीभीएस स्कुटर पाउनेछन्।
भाटभटेनीले चाडपर्वको किनमेललाई अझ आकर्षक बनाउन ल्याएको यो अफरले ग्राहकलाई आवश्यक सामान एकै ठाउँमा किन्नुका साथै ठूलो उपहार जित्ने अवसर समेत दिने भएकाले धेरैको चासो बढेको छ।



