चीनमा एआई तस्बिरमार्फत पर्यटन प्रवर्द्धन, मौलिकता गुमाएको भन्दै नेपाल पर्यटन बोर्डमाथि चर्को आलोचना

Date:

नेपाल पर्यटन बोर्डले चीनमा आयोजना गरेको पर्यटन प्रवर्धन कार्यक्रममा एआई द्वारा निर्मित फोटो प्रयोग गरेको विषय सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बनेको छ। बोर्डले नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा बेइजिङमा आयोजना गरेको कार्यक्रममा देखाइएको फोटो मौलिक नभई कृत्रिम बुद्धिमत्ताको माध्यमबाट सिर्जना गरिएको पाइएको छ। यसले नेपालका लागि नकारात्मक प्रभाव पार्दै सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन्।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पर्यटन बोर्डले नेपालको मौलिकता, संस्कृति, प्रकृति र पहिचानलाई प्रस्तुत गर्ने अवसर गुमाएको आरोप लगाएका छन्। उनीहरूले एआईले सिर्जना गरेका सामान्यस्तरका तस्वीरलाई औपचारिक अन्तर्राष्ट्रिय कार्यक्रममा प्रयोग गर्नु लाजमर्दो भएको प्रतिक्रिया दिएका छन्। अरनिको फाउण्डेशनकी सह-संस्थापक एनेकाले ट्विटरमा लेख्दै, तस्वीरमा कुनै सिर्जनात्मकता, मिहिनेत वा सन्देश नदेखिएको बताइन्। साथै, कार्यक्रम चिनियाँ दर्शक लक्षित हुँदाहुँदै पनि अंग्रेजी भाषामा सामग्री प्रस्तुत गरिएको, त्यसमा सतही जानकारी मात्रै राखिएको र प्रस्तुति नै “अल्छी” ढंगको भएको उल्लेख गरिएको छ।

यसबाहेक, नेपाल पर्यटन बोर्डको आधिकारिक वेबसाइटमा कर्मचारी विवरण, पोर्टफोलियो वा सांगठनिक संरचनाको अभाव देखिएको र संचारका लागि एक मात्र फोन नम्बर रहेको पनि आलोचना गरिएको छ। बुझ्दा हाल सूचना अधिकारी पनि बोर्डमा कोही नरहेको जानकारी प्राप्त भएको छ।

यस घटनाले नेपाल सरकारको कूटनीतिक र प्रवर्द्धनात्मक कार्यक्रमप्रति तयारी, संवेदनशीलता र दृष्टिकोणबारे प्रश्न उठाएको छ। आलोचकहरूका अनुसार यस्तो गैरजिम्मेवार कार्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा प्रभावित गर्न सक्छ।


एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...