चीनले नेपाली खेलकुदका लागि दियो स्वास्थ्य परीक्षण उपकरण र खेल सामग्री

Date:

काठमाडौं, असार ३१ – चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले नेपाललाई करिब ८५ लाख रुपैयाँ बराबरको खेल सामग्री र स्वास्थ्य परीक्षण उपकरण प्रदान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य–सचिव टंकलाल घिसिङलाई सामग्री हस्तान्तरण गरे।

यो सहयोग अन्तर्गत विभिन्न ३४ प्रकारका खेलकुद सामग्री प्राप्त भएका छन्। राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै यी सामग्रीले नेपाली खेलाडीहरूको प्रशिक्षण र तयारीमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

सदस्य–सचिव घिसिङले नेपाल र चीनबीच खेलकुद क्षेत्रमा लामो समयदेखि राम्रो सम्बन्ध रहेको उल्लेख गरे। उनले आउँदो २० औं एसियाली खेलकुदलाई लक्षित गरी अबको १३ महिनालाई गम्भीर तयारीका लागि उपयोग गर्नुपर्ने बताए। त्यसका लागि राष्ट्रिय टिमका खेलाडीहरूको स्वास्थ्य तथा प्रदर्शन परीक्षण दुई हप्ताभित्र गरिने योजना सुनाए।

चिनियाँ प्रतिनिधि वाङ झिनले नेपालमा खेलकुदको विकासका लागि चीनले विगतमा पनि विभिन्न सहयोग गर्दै आएको स्मरण गरे। उनले अहिलेको यो सहयोगले पनि नेपाली खेलकुदलाई सशक्त बनाउन सघाउने विश्वास व्यक्त गरे।

मिसन–२०२६ अन्तर्गत तयारीमा रहेका खेलाडी र प्रशिक्षकहरूको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहताले पनि चीन सरकारलाई निरन्तर सहयोगका लागि धन्यवाद प्रकट गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...