जनशक्ति स्वदेशमै रोक्न बजेट तयार, राजनीतिक नेतृत्वको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री पौडेल

Date:

काठमाडौं, जेठ २९ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालभित्रै अवसर सिर्जना गरी जनशक्तिलाई रोक्न सक्षम राजनीतिक नेतृत्वको खाँचो रहेको बताएका छन्।  उनले देशभित्रै सम्भावना खोज्न र त्यसलाई सदुपयोग गर्न सक्षम राजनीतिक नेतृत्व, सही विचार, दृष्टिकोण र प्रभावकारी कार्ययोजना आवश्यक रहेको बताए।

मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान बजेट त्यसै उद्देश्यमा केन्द्रित रहेको बताए। “जब मानिसले अन्तरिक्षमा सम्भावना खोज्न थालेका छन्, त्यही बेला हामीले आफ्नो माटोमा सम्भावना किन खोज्न सक्दैनौं?” भन्ने प्रश्न गर्दै उनले सोच, दृष्टिकोण र योजनाको स्पष्टता अपरिहार्य भएको उल्लेख गरे।

पौडेलले देशमा रहेको अपार जलश्रोत, खनिज सम्पदा र युवाशक्तिको सदुपयोग गरेर आर्थिक विकासको बाटो खोल्न सकिने विश्वास व्यक्त गरे। उनका अनुसार, नेपालसँग ५० वर्षसम्म आन्तरिक आवश्यकता धान्न सक्ने तेल र ग्याँसको सम्भावित भण्डार छ, जसको उपयोगमार्फत स्वावलम्बी अर्थतन्त्रको आधार तयार गर्न सकिनेछ।

उनले कार्यान्वयनमै ध्यान दिएर जनशक्तिलाई विदेशिन नपर्ने परिस्थिति बनाउन सकिने धारणा राखे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...