‘जनै हराएको मान्छे’को टिजर : सपनाको यात्रा र सम्बन्धको कथा

Date:

काठमाडौं, असार ३१ – नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य पात्रको कोरिया जाने सपना र त्यससँग गाँसिएका पारिवारिक तथा सामाजिक सम्बन्धहरूलाई भावनात्मक ढंगमा प्रस्तुत गरिएको छ।

फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली र भोलाराज सापकोटा मुख्य भूमिकामा छन्। निर्देशन हिमाल न्यौपानेले गरेका छन् भने कथा भानुभक्त ढकालले लेखेका हुन्।

पेपरक्लिप ब्यानर अन्तर्गत निर्माण भएको यस फिल्मका निर्माता कमल र विमल न्यौपाने हुन्। संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीले काम गरेका छन्। नवीन गुरुङको छायांकन रहेको फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्स ले वितरण गर्नेछ।

फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। टिजरले आम नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको आकांक्षा र त्यसले पारिवारिक सम्बन्धमा पार्ने प्रभाव झल्काउँछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...