जबर्जस्ती दोषी देखाउने प्रयास विरुद्ध मन्त्री अधिकारीको विरोध

Date:

२० साउन, काठमाडौं — भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पछिल्लो समय सार्वजनिक भएका अडियो क्लिपहरूमाथि प्रतिक्रिया दिँदै आफूले कसैलाई पनि करकापमा पारी रकम नमागेको दावी गरेका छन्। पोखराको चर्चित लिचीबारी जग्गा प्रकरणसँग जोडिँदै आएको विषयमा मन्त्री अधिकारीले आफूलाई कुनै संलग्नता नभएको दाबी गरेका हुन्।

उनले स्पष्ट रूपमा भनेका छन्, “आजसम्म मैले कसैलाई दबाब दिई रकम मागेको छैन, न त लिचीबारी जग्गाबारे अडियो बाहिरिनुअघि केही थाहा थियो।” उनले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको अडियो सार्वजनिक भएपछिमात्र उक्त प्रकरणबारे आफू जानकार भएको बताए।

उक्त अडियोहरूमा भूमि आयोग अध्यक्ष पदका लागि चलखेल र आर्थिक लेनदेनबारे कुरा भएको उल्लेख छ। अडियोमा मन्त्री अधिकारीको नाम पनि उल्लेख छ भन्ने दाबी भए पनि उनले त्यसलाई अस्वीकार गर्दै भने, “म भूमिसम्बन्धी पार्टीको जिल्ला कमिटीको सिफारिसअनुसार काम गर्छु, पैसा खानुको कुनै प्रसंग नै आउँदैन।”

त्यस्तै, अर्काे अडियोमा एक कर्मचारीले ७० लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्, तर उक्त अडियोमा मन्त्रीले प्रत्यक्ष रकम लिएको प्रमाण भने छैन। यसअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भनेका थिए, “जाँड खाएर कोहीले बोलेको भरमा कसैलाई दोषी देखाउन मिल्दैन।”

उनले दुई व्यक्तिले मिलेर तेस्रो निर्दोष व्यक्तिको नाम मुछ्ने प्रयास गरिरहेको आरोप पनि लगाएका छन्। मन्त्री अधिकारीले सार्वजनिक भएका आरोपप्रति आपत्ति जनाउँदै आफूलाई गलत रूपमा प्रस्तुत गरिएको गुनासो गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...