जेनजीको माग: ओली, लेखक र रिजाल पक्राउसँगै २०४६ सालपछिका नेताको सम्पत्ति छानबिन

Date:

काठमाडौं, असोज ३ – जेनजी आन्दोलनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न माग गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जेनजीले आन्दोलन दमन गर्न राज्यसत्ताको दुरुपयोग गरिएको आरोप लगाउँदै उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको हो।

कार्यक्रममा बोल्दै जेनजीका सल्लाहकार डा. निकोलश भुसालले हालको शासनप्रणाली असफल भइसकेको टिप्पणी गर्दै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने धारणा राखे। उनले २०४६ सालपछि उच्च पदमा पुगेका सम्पूर्ण नेता तथा कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि अघि सारे।

आन्दोलनका क्रममा घाइते भएका हरि अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै आफूहरू कुशासनविरुद्ध सडकमा उत्रन बाध्य भएको बताए। त्यस्तै, सहिद परिवारकी नर्गिस थापाले आफ्नो परिवारको बलिदानलाई सम्मानजनक ढंगले मूल्याङ्कन गर्दै सरकारलाई “रगतको अपमान नगरी सहिदका माग पूरा गर्न” आग्रह गरिन्।

जेनजी अभियन्ताहरूले मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूले शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने, देशमै पर्याप्त रोजगारी सिर्जना गर्ने जस्ता जनमुखी एजेन्डालाई तत्काल कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरे।

कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा र वैज्ञानिक कपिल पौडेललगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए। उनीहरूले देशको स्थायी समाधान प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमै सम्भव हुने बताए।

अभियन्ता कुशलव केसीले लामो समयदेखि सहकारी पीडितहरूको पक्षमा आन्दोलन गरिरहेको स्मरण गर्दै अबको सरकारले सो मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...