काठमाडौं, भदौ २४ — उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले काठमाडौंमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले कार्यालय भित्रका कागजात, फर्निचर र अन्य सामग्री नष्ट गरेका छन्। यस घटनापछि आयोगका कर्मचारीहरू सुरक्षित स्थानमा सराइएका छन् भने भवनमा क्षति पुगेको छ।



