जेनजी आक्रोशः संसद भवनमा प्रदर्शनकारीद्वारा आगजनी

Date:

२४ भदौ, काठमाडौं । जेन–जी प्रदर्शनकारीहरूले काठमाडौंको बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। आक्रोशित प्रदर्शनकारीहरूको भीडले संसद भवनको मुख्य भागमा आगो लगाएको प्रहरी स्रोतले जानकारी दिएको छ।

यसअघि, प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेटमा पनि आगजनी गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले सरकारी कार्यालयहरू र प्रमुख नेताहरूका निवासमा व्यापक तोडफोड र आगजनी गरेका छन्।

सरकारको दमन र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा सुरु भएको जेन–जी आन्दोलन देशका विभिन्न भागमा फैलिँदै गर्दा आक्रोशित प्रदर्शनकारीहरूले यस्तो कदम उठाएका हुन्। सुरक्षा निकायहरूले नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको भए पनि केही क्षेत्रमा स्थिति तनावपूर्ण नै छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...