जेनजी आन्दोलनपछि प्रहरी कार्यालय पुनर्स्थापनामा दाताको सक्रियता र सामग्री सहयोग

Date:

काठमाडौं, भदौ ३१ – जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिग्रस्त भएका काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूलाई दाताहरूले सहयोग पुर्‍याउन थालेका छन्। यसैक्रममा नासा सेक्युरिटीज ब्रोकर नम्बर ५८ले दरबारमार्ग प्रहरी कार्यालयलाई तीन सेट कम्प्युटर, तीन सेट प्रिन्टर र तीन सेट टेबल-कुर्सी प्रदान गरेको छ।

त्यसैगरी व्यक्तिगत लगानीकर्ता छोटेलाल रौनियारले कालीमाटी प्रहरी कार्यालयलाई समान सामग्री सहयोग गरेका छन्। उनलाई सहयोग हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुव मानन्धर र धर्मशरण मानन्धर लगायत सहभागी थिए।

यसैगरी, पठाओ नेपालले नयाँबानेश्वर प्रहरी कार्यालयलाई, र जोय नेपाल फाउन्डेसनले स्वयम्भु प्रहरी कार्यालयलाई सहयोग गरेको जनाइएको छ। यी संस्थाले पनि प्रत्येक कार्यालयमा तीन–तीन सेट कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी उपलब्ध गराएका छन्। अर्कोतर्फ, मिलारेपा मेडिटेसन भिलेज प्रालिले साँखु प्रहरी कार्यालयलाई ४० थान ब्ल्यांकेट र ५ थान ग्यास सिलिण्डर सहयोग गरेको छ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण कतिपय प्रहरी कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। केही प्रहरीले आफ्नो व्यक्तिगत लुगाबाहेक अन्य सामग्री सुरक्षित गर्न सकेका थिएनन्।

सामाजिक सुरक्षामा प्रहरीहरूको भूमिका महत्वपूर्ण भएकाले विभिन्न व्यक्तित्व र संस्थाहरूले प्रहरीको पुनर्स्थापना र कार्यक्षमता सुनिश्चित गर्न सहयोगको क्रम जारी राखेको छ। कतिपयले कार्यालय सरसफाइ, रंगरोगन र भौतिक सामग्री उपलब्ध गराएर प्रहरीहरूको मनोबल उच्च राख्ने प्रयास पनि गरिरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...