जेनजी आन्दोलन कभरेज : प्रहरी प्रहारमा ४ पत्रकार घाइते

Date:

काठमाडौं, भदौ २३ । राजधानीमा जारी जेनजी आन्दोलन कभरेज गर्ने क्रममा चार पत्रकार घाइते भएका छन्।

सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि प्रयोग गरेको छर्रा र रबरको गोली पत्रकारहरुलाई लागेको हो। घाइते हुनेमध्ये कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपालप्रेस डटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाल रहेका छन्।

घाइते दंगालको त्रिवि शिक्षण अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य तीन जनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको निर्णयविरुद्ध सुरु भएको जेनजी आन्दोलनमा सोमबार राजधानीका विभिन्न स्थानमा प्रदर्शन भएको थियो। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...