जेनजी आन्दोलन बढ्दै : १४ जनाको ज्यान गयो, घाइतेहरूको अवस्था अझै अनिश्चित

Date:

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेनजीको प्रदर्शन थप उग्र बनेसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको छ। सिभिल अस्पतालमा उपचाररत एक प्रदर्शनकारीको मृत्यु भएपछि हालसम्म १४ जनाको ज्यान गएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेकोमा बेलुकी सिभिल अस्पतालमा थप एकजनाको मृत्यु भएपछि संख्या १४ पुगेको हो।

मन्त्रालयले दिएको विवरणअनुसार, ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

यद्यपि घाइतेहरूको विस्तृत तथ्यांक भने अझै आइसकेको छैन। अवस्था गम्भीर भएकाले मृतक संख्या अझ बढ्ने आशंका पनि गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...