जेनजी आन्दोलन : १७ जनाको मृत्यु, घाइतेहरूको अवस्था गम्भीर

Date:

काठमाडौं, २३ भदौ – काठमाडौंमा भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। ट्रमा सेन्टरमा हालसम्म ९ जनाको मृत्यु भइसकेको छ।

सोमबारदेखि जारी हिंसात्मक प्रदर्शनमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूले विभिन्न स्थानमा घाइते भएका थिए। गम्भीर घाइतेहरूलाई उपत्यकाका प्रमुख अस्पतालहरूमा उपचारका लागि पठाइएको थियो।

सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भइसकेको छ। यसरी कुल १७ जनाको ज्यान गएको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था अझै गम्भीर रहेको छ र उपचार कार्य जारी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...