जेनजी आन्दोलन : ७२ जनाको मृत्यु, करिब दुई सय घाइतेको उपचार जारी

Date:

काठमाडौँ, भदौ २९ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण समारोहमा मुख्यसचिव एकनारायण अर्यालले दिएको तथ्याङ्कअनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।

त्यसैगरी आन्दोलनमा करिब दुई सय जना घाइते भएका छन्। आधिकारिक विवरणअनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी हाल विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरूको स्वास्थ्य अवस्था भिन्न–भिन्न रहेको जनाइएको छ।

सरकारले घाइतेहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने र मृतकलाई ‘शहीद’ घोषणा गर्ने निर्णय गरेको छ। साथै मृतकका परिवारलाई आर्थिक सहायतास्वरूप जनही १० लाख रुपैयाँ दिने व्यवस्था गरिएको पनि जानकारी दिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...