टिकटकको साथमा नेपाल पर्यटन प्रवर्द्धन अभियान, विश्वभरि नेपाल चिनाउने तयारी

Date:

काठमाडौं, भदौ ३ — नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धन गर्न संयुक्त साझेदारी गरिएको छ। यो साझेदारीले विश्वका विभिन्न भागका दर्शकहरूलाई नेपालका सुन्दर प्राकृतिक गन्तव्य, सांस्कृतिक धरोहर र साहसिक पर्यटनका अनुभवहरूबारे जानकारी गराउने उद्देश्य राखेको छ।

यस कार्यक्रममा ‘#LifetimeExperience’ नामक अभियानलाई केन्द्रमा राखिएको छ, जसअन्तर्गत ट्राभल क्रियटर्सलाई नेपालमा आमन्त्रण गरी छोटो भिडियोमार्फत नेपालको विविधता देखाइनेछ। यस अभियानले कम चिनिएका ठाउँहरूलाई पनि विश्वसामु चिनाउन सहयोग गर्नेछ। साथै, बोर्डले नेपाल भ्रमण गर्ने क्रियटर्सलाई यात्रा, आतिथ्य र विज्ञ मार्गदर्शनका सेवा उपलब्ध गराउने छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले टिकटकको विश्वव्यापी पहुँच र नेपालको अविस्मरणीय अनुभवलाई जोडेर पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु हुने बताए। टिकटकका दक्षिण एसियाका प्रमुख फर्दोस मोत्ताकिनले पनि नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गर्न पाउँदा उत्साह व्यक्त गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले यो साझेदारीले अन्तर्राष्ट्रिय प्रवर्द्धन मात्र होइन, स्थानीय समुदाय र सिर्जनाकर्ताहरूलाई पनि सशक्त बनाउने उल्लेख गरे। उनले पर्यटन नेपालको सामाजिक–आर्थिक विकासको मेरुदण्ड भएको भन्दै यसले रोजगारी सिर्जना, साना तथा मझौला व्यवसायकोसमर्थन, ग्रामीण समुदाय सशक्तीकरण, र सांस्कृतिक संरक्षणमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...