तीनकुने हिंसा प्रकरण: दुर्गा प्रसाईंसहित सात जना थुनामा

Date:

काठमाडौं, ३० जेठ — तीनकुनेस्थित हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश ध्रुबराज कार्कीको इजलासले राज्यविरुद्धको गतिविधि, आगजनी, र पत्रकार हत्या अभियोगमा उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

थुनामा पठाइएका व्यक्तिहरूमा दुर्गा प्रसाईंसँगै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत, र जितबहादुर श्रेष्ठ छन्। तीमध्ये केही व्यक्तिमाथि पत्रकार सुरेश रजकको मृत्युमा संलग्न रहेको आरोप पनि छ।

घटना गत चैत १५ गते पूर्वराजाको समर्थनमा आयोजित प्रदर्शनका क्रममा भएको हो। प्रदर्शनकारीहरूले तीनकुनेस्थित “सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था”को भवनमा आगजनी गरेका थिए। त्यसै भवनमा समाचार संकलनका लागि पुगेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। सो सहकारी संस्थाको नेतृत्व प्रेम बहादुर श्रेष्ठले गर्दै आएका थिए।

प्रहरी अनुसन्धानका अनुसार, आगजनीमा रामेछापका सरोज गौतम र अछामका गोकर्ण शाहीको प्रत्यक्ष संलग्नता देखिएको छ। राज्यविरुद्धको आपराधिक गतिविधिमा संलग्न भएको पुष्टि भएपछि अदालतले उनीहरूलाई थुनामा राख्न आदेश दिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...