दयाहाङ-रिश्माको लामो समयपछि सहकार्य, ‘रिमै’को गीत सार्वजनिक

Date:

काठमाडौँ, साउन २८ – फिल्म ‘रिमै’को शीर्ष गीत हालै सार्वजनिक भएको छ। गीतमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङको प्रस्तुती छ। संगीत र शब्द दीपक शर्माले तयार गरेका छन् भने स्वरमा रीता केसी र अंशु लामाको आवाज सुन्न पाइन्छ।

खिलबहादुर गुरुङ निर्देशित फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीद्वारा निर्माण गरिएको हो। पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। गुरुङ परिवेशमा आधारित गीतको अडियो र भिडियोले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यो फिल्ममा दयाहाङ र रिश्माको लामो समयपछि सहकार्य भएको हो। उनीहरूले यसअघि ‘कबड्डी’ श्रृंखलामा जोडीको रूपमा काम गरेका थिए। फिल्मको कार्यकारी निर्माता वीरवल घले हुन् भने टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता, बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रूपमा संलग्न छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...