दशैं नजिकिँदै : पाँच दिनमै राजधानीबाट झण्डै दुई लाख यात्रु बाहिरिए

Date:

काठमाडौं, असोज ६ — दसैं नजिकिएसँगै उपत्यकाबाट घर फर्किने यात्रुको भीड दिनदिनै बढिरहेको छ। पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकाबाट १ लाख ८९ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीसाधनमार्फत १ लाख ८९ हजार २१८ यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका हुन्। असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले उपत्यकामा अध्ययन, व्यापार, व्यवसाय र रोजगारीका लागि बसोबास गरिरहेका नागरिक चाडपर्व मनाउन आफ्ना घरतर्फ गइरहेको जानकारी दिए। ती यात्रुहरू मुख्यत: थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकामार्फत बाहिरिएको जनाइएको छ।

यात्रामा भने सहजता छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बर्खाका कारण विभिन्न राजमार्गमा पहिरो खस्दा सवारीसाधन लामो समयसम्म बाटोमै अल्झिनु परेको छ। मुग्लिङ–नारायणघाट सडकखण्डमा अवरोध हुँदा घण्टौँसम्म गाडी रोकिँदा यात्रुहरूलाई समयमै गन्तव्य पुग्न कठिन भएको उनले बताए। उनले सडक सञ्चालनलाई नियमित र छिटो बनाउन सरकारलाई आग्रह गरे।

यसैबीच, काठमाडौँको नयाँ बसपार्कमा यात्रुको चाप तीव्र रूपमा बढेको छ। सामान्य दिनमा दैनिक ४–५ हजार यात्रु बसपार्कबाट बाहिरिने गरे पनि अहिले त्यो संख्या बढेर १५ हजारभन्दा बढी पुगेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...