काठमाडौं, साउन १ — कलाकार दीपकराज गिरीले पछिल्ला दिनमा सार्वजनिक भएका घुसकाण्डहरूप्रति सामाजिक सञ्जालमा कडा व्यंग्य गरेका छन्। उनले फेसबुकमार्फत लेख्दै भनेका छन् ; मन्त्रीहरूले घुस कसरी खाने भनेर छुट्टै तालिम नै दिनुपर्ने हो कि भन्ने लाग्न थालेको छ।
उनको भनाइ अनुसार, मन्त्रीहरूलाई घुस नखान भन्न भन्दा पनि, समाचार बाहिर आउन नदिने उपाय सिकाउने तालिम आवश्यक भएको जस्तो देखिएको छ। उनले व्यंग्य गर्दै लेखेका छन्, ‘घुस त नखाइ नहुने भइगयो, अब त समाचार नआउने उपाय नै सोच्नुपर्ला।’
दीपराज गिरीको यो टिप्पणी सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ। घुस प्रकरणमा पटक–पटक मन्त्रीहरूको संलग्नता देखिनु र त्यसले सार्वजनिक चासो पाउनुका बीचमा उनले व्यंग्यात्मक शैलीमा आफ्ना भनाइ राखेका हुन्।
उनको स्टाटसले अहिलेको राजनीतिक अवस्था र भ्रष्टाचारको गम्भीरताप्रति जनताको असन्तोषको प्रतिनिधित्व गरेको भन्दै धेरैले प्रतिक्रिया जनाइरहेका छन्।



