काठमाडौं, साउन ४ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच च्यासलस्थित एमाले मुख्यालयमा गोप्य भेटवार्ता सम्पन्न भएको छ। दुई नेताबीच करिब दुई घण्टा लामो छलफल चलेको एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिएका छन्।
छलफलको विषय सार्वजनिक नगरिएको भए पनि हालको राजनीतिक परिस्थिति र समसामयिक घटनाक्रमबारे कुराकानी भएको अनुमान गरिएको छ। ओली र भण्डारीले च्यासलमै एकान्तमा भेट गरेका थिए र भेटवार्ता सकिएपछि उनीहरू छुट्टिएका छन्।
यो भेटलाई सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलबीचको सम्बन्ध, आगामी राजनीतिक रणनीति र भित्रभित्रै चलिरहेका सत्ता समीकरणसँग पनि जोडेर हेरिएको छ।



