काठमाडौँ, साउन २८ – धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको सिलिङ तोक्ने कार्यपालिका बैठक नेकपा एमालेको असहमति भएपछि रोकिएको छ।
कार्यपालिकाको सबैभन्दा ठूलो दलका रूपमा रहेका एमालेका प्रतिनिधिहरूले केही शब्दावली र अंशप्रति आपत्ति जनाउँदै थप समयको आवश्यकता भएको बताएकाले बैठक स्थगित गरिएको हो।
उपमहानगरका प्रवक्ता मनोजकुमार भट्टराईका अनुसार बजेटको समग्र ढाँचा वा रकमप्रति नभई केही बुँदामा मात्रै मतभेद देखिएको हो। एमालेको आग्रहअनुसार सिलिङ तोक्ने कार्य बिहीबारका लागि सारिएको छ। यसअघि बुधबारै अन्तिम रूप दिने योजना बनाइए पनि दलगत असहमतिले प्रक्रिया एक दिन पछाडि धकेलिएको हो।



