धवल शम्शेर राणा अदालतमा हाजिर, बयान प्रक्रिया अघि बढ्दै

Date:

२ असार, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणा सोमबार बिहान काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित भएका छन्। अदालतमा उपस्थित भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उनको बयान सुरु गर्ने तयारी गरिएको छ।

राणा यसअघि स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटेका थिए, तर अदालतका पटक–पटकको बोलावटमा उपस्थित नभएपछि अदालतले उनलाई फरार घोषणा गर्दै उनका जमानती वकिललाई जरिवाना पनि गरेको थियो। सोमबार अदालतमा उपस्थित भएपछि राणाको बयान लिएर बहस हुने र त्यसपछि थुनछेकसम्बन्धी आदेश आउनेछ।

उनीमाथि गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शन हिंसात्मक मोडमा पुग्न भूमिका खेलेको आरोप छ। सोही घटनामा संलग्न रहेको आरोपमा राणा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रविरुद्ध मुद्दा दायर भएको थियो। दुवै जना यसअघि हाजिरी जमानीमा छुटेका थिए।

तर, मिश्र भने हालसम्म पनि प्रहरी सम्पर्कमा नरहेको जानकारी दिइएको छ। उता, प्रदर्शनका प्रमुख संयोजक दुर्गा प्रसाईंसहित अन्य सात जना भने पुर्पक्षका लागि थुनामा पठाइएको छ।


एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...