धारा ६१ अनुसार सुशीला कार्की बने नेपालकी पहिलो महिला प्रधानमन्त्री

Date:

काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाल सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरेको छन्। नयाँ संविधान जारी भएपछि अहिलेसम्म सबै सरकारहरू धारा ७६ अनुसार गठन भएका थिए, तर युवा (जेन-जी) आन्दोलनका प्रभावमा कार्की संविधानको धारा ६१ अनुसार नियुक्त भएकी हुन्।

संविधानको धारा ६१ राष्ट्रपतिको कर्तव्य र अधिकारको व्यवस्थासँग सम्बन्धित छ र यसमा प्रधानमन्त्री नियुक्तिको कुनै स्पष्ट उल्लेख नभए तापनि राष्ट्रपति कार्कीलाई प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका छन्। यस नियुक्तिले संवैधानिक प्रक्रिया र राजनीतिक परिप्रेक्ष्यमा नयाँ चरण सुरु गरेको देखिन्छ।

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् र उनको नियुक्ति ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूको सहमतिका आधारमा भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...