काठमाडौं, भदौ २९ — जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले नेपालभरका सिनेमा हलमा करिब १७ करोड रुपैयाँको क्षति पुर्याएको छ। चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार भाटभटेनीलगायत विभिन्न मलमा रहेका हल र बक्स अफिसमा आगोले व्यापक क्षति पुर्याएको हो।
विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स हल पूर्ण रूपमा नष्ट भएको छ भने ल्होत्से मलको आइएनआई हलको बक्स अफिस पनि जलेको छ। भक्तपुर, बुटवल र अष्टनारायण हलहरूमा पनि तोडफोड र क्षति पुगेको छ। महासचिव सुरेन्द्र थापाका अनुसार, ध्वस्त नभएका हल भोलिदेखि सञ्चालनमा आउनेछन् र बक्स अफिस क्षति भएका हलले अनलाइन टिकटिङमार्फत सेवा सुरु गर्ने तयारी गरेका छन्। अधिकांश हलले बीमाको दाबी मार्फत क्षति भर्न सक्नेछन्।



