नक्कली उजुरी प्रकरणमा रास्वपाको आन्तरिक छानबिन, सांसद श्रेष्ठमाथि उठेको प्रश्न

Date:

काठमाडौँ, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा नक्कली उजुरी लिएको आरोपमाथि पार्टीभित्रै छानबिन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले नक्कली उजुरी दिने कार्यलाई पार्टीले कुनै पनि हालतमा प्रोत्साहन नगर्ने स्पष्ट पारेको छ। सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दर्ता गरिएको भन्ने आरोप लागेपछि रास्वपाले यस विषयमा गम्भीर ध्यान दिएको हो।

गृहमन्त्री रमेश लेखकले संसदमा रास्वपाले नक्कली पीडितहरू खडा गरेको संकेत गरेपछि पार्टीले यसलाई नियोजित षडयन्त्रको भाग मान्दै त्यसप्रति कुनै प्रोत्साहन नदिएको बताएको छ।

यथार्थ पत्ता लगाउन रास्वपाले सांसद प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ, जसमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य छन्। समितिले पार्टीमा आबद्ध कसैले नक्कली उजुरी बनाउन संलग्न भए/नभएको तथ्य छानबिन गर्नेछ।

यसैबीच, रास्वपा भिजिट भिसा दुरुपयोग तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। पार्टीले यस विषयमा निष्पक्ष छानबिन र पीडितको संरक्षणका लागि निरन्तर दबाब दिँदै आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...