नयाँ सरकारका लागि प्रधानमन्त्रीको कार्यकक्ष तयार पार्ने काम तीव्र

Date:

काठमाडौं, २७ भदौ । नयाँ सरकार गठनको तयारीसँगै प्रधानमन्त्रीको नयाँ कार्यकक्षको व्यवस्थापन सुरु गरिएको छ। जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा रहेका प्रधानमन्त्री र मन्त्रीपरिषद्को कार्यालय जलेर ध्वस्त भएपछि वैकल्पिक व्यवस्थापन आवश्यक परेको हो।

हालको व्यवस्थापनअनुसार सिंहदरबारभित्र निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री र मन्त्रीपरिषद्का कार्यालयको रूपमा तयार पारिने निर्णय गरिएको छ। भवनमा आवश्यक फर्निचर, सोफा, कार्पेट तथा सचिवालयका सामान व्यवस्थित गरिँदै छन्।

मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले विभिन्न विकल्पहरूको अध्ययन गरेको र अन्य भवन उपयुक्त नभएपछि निर्माणाधीन नयाँ गृह मन्त्रालयको भवनलाई प्राथमिकता दिइएको एक सचिवले जानकारी दिए।

बुधबार भएको हिंसात्मक आन्दोलनमा सिंहदरबारका अधिकांश भवन क्षतिग्रस्त भएका थिए। कागजात जलाइएका थिए र सवारीसाधनहरूमा व्यापक क्षति पुगेको थियो। यसैकारण, नयाँ भवनमा प्रशासनिक काम सञ्चालन गर्ने तयारी भइरहेको छ।

साथै, ध्वस्त भवनका कारण केही मन्त्रालयहरू अस्थायी रूपमा अन्य स्थानमा सार्ने योजना बनाइएको छ। मुख्यसचिव अर्यालले सिंहदरबारमा पुगेर प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय व्यवस्थापन र अन्य प्रशासनिक काम कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा अनुगमन गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...