नाम, थर र जन्मदर्ता जस्ता व्यक्तिगत विवरणमा त्रुटि भएमा एकपटकको लागि सुधारको सुविधा

Date:

काठमाडौँ, साउन १८ — नेपाली नागरिकका व्यक्तिगत विवरणमा त्रुटि भएर सरकारी कामकाजमा समस्या भोगिरहेका व्यक्तिहरूका लागि अब राहतको बाटो खुलेको छ। सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ मा संशोधन गर्दै नाम, थर, उमेरजस्ता व्यक्तिगत विवरणहरू एकपटकका लागि सच्याउन सकिने व्यवस्था लागू गर्न लागेको हो।

नयाँ संशोधनअनुसार यदि कुनै जन्मदर्ता वा अन्य व्यक्तिगत घटना विवरणमा गल्ती भएको छ भने सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा निर्धारित ढाँचामा निवेदन दिन सक्नेछन्। तर यो सुविधा जीवनमा एकपटक मात्र प्रयोग गर्न पाइनेछ।

यसअघि ऐनले २०७६ सालपछि जन्मिएका बालबालिकाको जन्मदर्ता विवरण एक वर्षभित्र सच्याउन सकिने भनेको थियो। तर पुराना दर्ताहरूमा त्रुटि भएका नागरिकहरूका लागि त्यो प्रावधान लागू नहुने हुँदा धेरैले समस्या भोगिरहेका थिए।

अब गृह मन्त्रालयले आवश्यक नियमावली र ढाँचासहितको कार्यविधि तय गरेपछि स्थानीय तहमा औपचारिक रूपमा निवेदन दिने प्रक्रिया सुरु हुनेछ। यो निर्णयले नागरिकका कानुनी कागजातमा हुने सानातिना त्रुटिका कारण परिरहेको झन्झट अन्त्य हुने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...